×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उपत्यकामा कोरोना संक्रमितको संख्या २८ हजार पुग्यो, काठमाडौँमा मात्रै २२६७३ संक्रमित (विवरणसहित)

LAXMI SUNRISE BANK

उपत्यकामा कोरोना संक्रमितको संख्या २८ हजार पुग्यो, काठमाडौँमा मात्रै २२६७३ संक्रमित (विवरणसहित)

१८ आश्विन २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार  सम्बाददाता 
काठमाडौं । काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या २७ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तगर्तको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशखाले काठमाडौं ,भक्तपुर र ललितपुरमा संक्रमितको संख्या २७ हजार ९१८ पुगेको हो । 
उपत्यकाका तीन जिल्लामा सक्रिय संक्रमितको संख्या भने १२ हजार २५४ पुगेको छ । जसमा काठमाडौंमा नौ हजार ८९२ जना, भक्तपुरमा एक हजार ७२ जना र ललितपुरमा एक हजार २९० संक्रमित अस्पताल, संस्थागत आइसोलेसन र होम आइसोलेसनमा उपचाररत रहेको महाशाखाले जनाएको छ । देशैभर कोरोनाका संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ । 
काठमाडौंमा २२ हजार ६७३ जना, भक्तपुरमा दुई हजार ४४९ जना र ललितपुरमा दुई हजार ७९६ जनामा कोरोना संक्रमण देखिएको महाशखाको जनाएको छ। यस्तै देशैभर कोरोना निको हुनेको संख्या ६२ हजार ७४० रहेको छ । कोरोनाबाट ज्यान गुमाउनेको संख्या देशैभर ५२८ पुगेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी