काठमाडौँ । राजिनामा दिएर पुनः बैंक फर्किएका एनआईसी एशियाका डेपुटी सीईओ सुधीरनाथ पाण्डेले अन्ततः बैंक छोडेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि राजिनामा दिएर एक दिन काममा फर्किएका डेपुटी सीईओ पाण्डेले बैंक छोडेका हुन् ।
पाण्डेको राजिनामापछि ‘बैंक अफ्ठ्यारोमा छ’ भन्दै बैंक सञ्चालकले उनलाई बैंक फर्किन अनुरोध गरेका थिए । सञ्चालकको अनुरोधपछि उनी एक दिन काममा फर्किएका थिए ।
एक दिन काममा फर्किएका पाण्डेले एनआईसी एशिया बैंकले शाखा बन्द गर्न नलागेको दाबी गर्दै विज्ञप्ति निकालेका थिए । त्यसपछि भने उनी काममा फर्किएनन् । बरु बैंकले त्यसपछिका केही विज्ञप्ति हस्ताक्षर र छापबिनै निकालेको थियो ।
एनआईसी एशिया बैंकमा राष्ट्र बैंकले गरेको विशेष इन्सपेक्सनका क्रममा विभिन्न कैफियत देखिएपछि जेल जाने डरले पाण्डेले बैंकबाटै राजिनामा दिएको हल्ला चलेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्