×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल बैंकको ८ लाख ६७ हजार ६०४ कित्ता संस्थापक सेयर लिलामी खुल्ला, क-कसले पाइन्छ भर्न ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सिभिल बैंकको ८ लाख ६७ हजार ६०४ कित्ता संस्थापक सेयर लिलामी खुल्ला, क-कसले पाइन्छ भर्न ?

Artha Sarokar

१६ आश्विन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं। सिभिल बैंकको ८ लाख ६७ हजार ६०४ कित्ता संस्थापक सेयर आज (असोज १६ गते)देखि लिलामी खुल्ला गरेको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेकोे यो सेयर बिक्री गर्न लागेको हो । यस लिलामीमा न्यूनतम १ सय रुपैयाँ वा सो भन्दा बढी मूल्य बोलकबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । यस ऋणपत्रमा आवेदकले बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट सुन्धारा, काठमाडौंमा पुग्ने गरी आवेदन दिनुपर्नेछ ।
यस लिलामीमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । असोज ३० गतेसम्म आवेदन दिन सकिनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी