Skip to content
LAXMI SUNRISE BANK

भारतमा पछिल्लो २४ घन्टामा ८१ हजार बढी कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या कति पुग्यो ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । भारतमा पछिल्लो २४ घन्टामा ८१ हजार चार सय ८४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै भारतमा शुक्रबारसम्म कुल संक्रमितको संख्या ६३ लाख नाघेको छ । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नजिक पुगेको छ । शुक्रबारसम्ममा ९९ हजार सात सय ७३ जनाको मृत्यु भएको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। 
भारतमा ५३ लाख ५२ हजार संक्रमित भने निको भइसकेका छन् । अहिले नौ लाख ४२ हजार सक्रिय संक्रमित छन् । भारतीय स्वास्थ्य अनुसन्धान परिषदले हालसम्म सात करोड ६७ लाख नमुना परीक्षण गरेको जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK