×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नयाँ सेयर दलालहरुले अर्थमन्त्री भेटे, सेयर बजार विकासका लागि पहल गरिदिन आग्रह, अर्थमन्त्री सकारात्मक !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नयाँ सेयर दलालहरुले अर्थमन्त्री भेटे, सेयर बजार विकासका लागि पहल गरिदिन आग्रह, अर्थमन्त्री सकारात्मक !

Artha Sarokar

२७ फाल्गुन २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नयाँ सेयर दलालहरुले अर्थमन्त्रीलाई भेटेका छन् । नयाँ सरकार गठनसँगै अर्थमन्त्री बनेका वर्षमान पुन नियुक्त भएसँगै नयाँ दलालहरुले अर्थमन्त्री पुनसँग भेट गरेका हुन् ।

अर्थमन्त्रीसँगको भेटमा सेयर बजारको विकासका लागि पहल गरिदिन आग्रह गरेको धितोपत्र ब्रोकर एसोसिएसनका महासचिव कृष्ण गिरीले बताएका छन् । ‘हामीले सेयर बजार सुधार र विकासको मागसहित अर्थमन्त्रीज्युसँग भेट गरेका हौँ, बजार विकासका लागि पहल गरिदिन आग्रह पनि गरेका छौँ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै गिरीले भने, ‘सेयर बजारप्रति अर्थमन्त्री सकारात्मक हुनुहुन्छ ।’

त्यस्तै, अर्थमन्त्रीसँगको भेटमा संस्थागत लगानीकर्ताको रुपमा बैंक तथा वित्तीय संस्थाहरुलाई लगानी गर्न रोकेको अवस्थालाई कसरी सहज गर्न सकिन्छ ? भन्ने विषयमा पनि छलफल भएको गिरीले बताएका छन् । साथै सेयर कर्जामा लगाईएको १५-२० को क्याप हटाउने विषयमा पनि छलफल भएको र उक्त विषयमा अर्थमन्त्री पनि पोजेटिभ रहेको गिरीको भनाई छ ।

भेटमा अर्थमन्त्री वर्षमान पुनले सेयर बजारको सुधार र विकासका लागि मन्त्रालय मातहतबाट तत्कालै गर्नुपर्ने कामको लागि लिष्ट बनाएर अघि बढ्ने प्रतिबद्धता जनाएको पनि गिरीले बताएका छन् ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी