काठमाडौँ । अन्तराष्ट्रिय सामाजिक सञ्जाल भाइबर नेपालमा सूचीकृत हुने पहिलो सामाजिक सञ्जाल बनेको छ । समाजिक सञ्जाल निर्देशिका–२०८० अनुसार सूचीकृत भएर भाइबर नेपालमा सूचीकृत हुने पहिलो सामाजिक सञ्जाल बनेको हो ।
हाल भाइबरसहित अन्य सामाजिक सञ्जालहरु पनि धमाधम सूचीकृत भइरहेको सञ्चार मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार एक लाख भन्दा बढी प्रयोगकर्ता भएका सामाजिक सञ्जाल सञ्चालनका लागि अनिवार्य रुपमा सामाजिक सञ्जाल निर्देशिका अनुसार दर्ता हुनुपर्नेछ । यसरी दर्ता हुने अन्तराष्ट्रिय सामाजिक सञ्जालले नेपालमै कार्यालय स्थापनासमेत गर्नुपर्नेछ । निर्देशिकाअनुसार दर्ता नभएर कुनै पनि बेला सामाजिक सञ्जाल बन्द हुनसक्ने मन्त्रालयले जनाएको छ ।
सूचीकृत हुने सामाजिक सञ्जाल प्लेटफार्महरुले हरेक तीन÷तीन वर्षमा अनुमतिपत्र नवीकरण पनि गर्नुपर्ने प्रावधान गरहेको पनि मन्त्रालयले जनाएको छ ।
टिकटक पनि दर्ता गर्ने तयारी
यता नेपालमा प्रतिबन्ध लगाइएको टिकटकले पनि नेपालमा दर्ता हुने तयारी गरेको बुझिएको छ । यसअघि नेपाल सरकारलाई पटकपटक पत्र पठाएर आफू नेपालमा दर्ता हुन र नेपाली कानुनअनुसार सञ्चालन हुन तयार रहेको जनाएको थियो । सोही अनुसार टिकटकले पनि नेपालमा दर्ता प्रक्रिया अघि बढाएको बुझिएको छ ।
नेपालमा दर्ता भएर, नेपालमै कार्यालय स्थापना गरी सरकारले तोकेको मापदण्ड पूरा गरे गत कात्तिक महिनामा प्रतिबन्ध लगाइएको टिकटक पनि खुल्ने मन्त्रालय स्रोतले बताएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्