काठमाडौँ । नेकपा एमालेका सांसद तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले मुलुक आर्थिक मन्दीमा गएको दाबी गरेका छन् । बिहीबारदेखि प्रतिनिधिसभा जारी विनियोजन विधेयक, २०८१ को सिद्धान्त तथा प्राथामिकता (कर बाहेक)माथिको छलफलमा भाग लिँदै पौडेलले यस्तो बताएका हुन् ।
मुलुकको बजेट घाटामा रहेको र लगातार दुई आर्थिक वर्ष बजेट घाटामा जानु आर्थिक मन्दी भएको भन्दै पौडेलले हाल मुलुक आर्थिक मन्दीमा गएको दाबी गरेका छन् ।
तर, मुलुक आर्थिक मन्दीमा गईसक्दा पनि तत्कालीन अर्थमन्त्रीले सो कुरा स्वीकार गर्नुको साटो उल्टै गलत डाटा प्रस्तुत गरेर अर्थतन्त्रको वास्तविक अवस्थालाई गुमराहमा राखेको पनि आरोप लगाएका छन् ।
त्यस्तै, पूर्वअर्थमन्त्री पौडेलले अर्थमन्त्री हुँदा डा.प्रकाशशरण महतले बजेट घटाउनुपर्ने बाध्यता, किसानको ६ अर्ब झुक्तानी, निर्माण व्यवसायीहरुको बाँकी रकम भुक्तानीलाई बेवास्ता गरेको पनि अरोप लगाएका छन् । साथै उनले हाल मन्दीमा रहेको मुलुकको अर्थतन्त्रलाई अब गम्भीरताका साथ सुधारको बाटोमा लैजानुपर्ने पनि उल्लेख गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्