Skip to content
LAXMI SUNRISE BANK

सुन तस्करी प्रकरणः अनुसन्धानमा सीआईबीले लापरवाही गरेको निष्कर्ष, एआईजीलाई कार्वाही गर्न सिफारिस !

अर्थ सरोकार

काठमाडौँ । सुन तस्करी प्रकरणको अनुसन्धानमा लापरवाही गरेको भन्दै एआईजी किरण बज्राचार्यलाई कार्वाही सिफारिस गरिएको छ । सुन तस्करीसम्बन्धी छानबिन गर्न बनेको जाँचबुझ आयोगले अनुसन्धानमा लापरवाही गरेको ठहर गर्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख एआईजी किरण बज्राचार्यलाई विभागीय कार्वाही गर्न सिफारिस गरेको हो ।

त्यस्तै, जाँचबुझ आयोगले सुन तस्करी प्रकरणमा सीआईबीले प्रहरीका पूर्वउच्च अधिकारी तथा राजनीतिक दलका नेताहरुलाई उन्मुक्ति दिएको पनि निष्कर्ष निकालेको छ ।

सोही निष्कर्ष अनुसार जाँचबुझ आयोगले एआईजीलाई विभागी कार्वाही गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो । सोही अनुसार गृहले पनि आवश्यक तयारी अघि बढाएको बुझिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK