×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नागरिकता सिफारिसका लागि घुस लिने कार्यालय सहयोगी पक्राउ

LAXMI SUNRISE BANK

नागरिकता सिफारिसका लागि घुस लिने कार्यालय सहयोगी पक्राउ

१५ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

जनकपुरधाम । जनकपुरधाम उप-महानगरपालिकाका एक जना कार्यालय सहयोगी पक्राउ परेका छन् । सेवाग्राहीसँग नागरिकताका लागि सिफारिस गराइदिने भन्दै घुस लिएको आरोपमा उप-महानगरपालिका वडा नम्बर १३ कार्यालयका सहयोगी दिलिप पञ्जियारलाई पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयको टोलीले वडा कार्यालय नजिकबाटै पञ्जियारलाई २४ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो । उनले नागरिकताको सिफारिस गराइदिने भन्दै एक जना सेवाग्राहीसँग घुसवापत उक्त रकम लिएको अख्तियारले जनाएको छ ।
उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको अख्तियारको बर्दिवास कार्यालयले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी