×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हाकिममाथि यौ’न दुर्व्यवहार गर्ने राष्ट्र बैंकका निर्देशक आचार्य बर्खास्त, ‘जाँडले झ्याप’ भएर ‘मनपरी’ गर्दा जागिर चट् !

PRIME CA
GLOBAL IME BANK

हाकिममाथि यौ’न दुर्व्यवहार गर्ने राष्ट्र बैंकका निर्देशक आचार्य बर्खास्त, ‘जाँडले झ्याप’ भएर ‘मनपरी’ गर्दा जागिर चट् !

६ चैत्र २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्यलाई बैंकले बर्खास्त गरेको छ । नशालु पद्धार्थ सेवन गरी आफ्नै हाकिममाथि यौन दुर्व्यवहार गरेका निर्देशक आचार्यलाई सेवाबाट बर्खास्त गरिएको हो ।

राष्ट्र बैंकको सोमबारको बैठकले उनलाई राष्ट्र बैंकको कर्मचारी सेवा विनियमावली, २०६८ (तेस्रो संशोधन, २०७४ समेत मिलाइएको रूपमा) को विनियम १४५ को खण्ड (ख) को (१) बमोजिम भविष्यमा बैंकको सेवामा अयोग्य नठहरिने गरी सेवाबाट हटाउने निर्णय गरेको हो ।
उनले गत पुष २७ गते आफ्नै महिला हाकिममाथि दुर्व्यवहार गरेका थिए । सो दिन बैंकले नगरकोटमा आयोजना गरेको तनाव व्यवस्थापन सम्बन्धी कार्यक्रममा आचार्यले नशाको सुरमा आफ्नै हाकिम महिलालाई पछाडीबाट अँगालो हाल्दै चुम्बन गर्ने प्रयास गरेका थिए ।
त्यसपछि उनीविरुद्ध राष्ट्र बैंकमा उजुरी परेको थियो । उजुरीउपर छानविन गर्दै राष्ट्र बैंकले अन्तत: उनलाई दोषी देखाएको छ भने भविष्यमा पनि बैंकको सेवाका लागि अयोग्य  नठहरिने गरी सेवाबाट हटाउने निर्णय गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: