×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिडी पावरका अध्यक्ष गुरु न्यौपाने ‘इन्साइडर ट्रेडिङ’मा दोषी ठहर

PRIME CA
GLOBAL IME BANK

रिडी पावरका अध्यक्ष गुरु न्यौपाने ‘इन्साइडर ट्रेडिङ’मा दोषी ठहर

६ चैत्र २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । रिडी पावर कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपाने ‘इन्साइडर ट्रेडिङ’मा दोषी ठहर भएका छन् । मंगलबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले न्यौपानेलाई दोषी ठहर गरेको हो ।

सम्पत्ति शुद्धीकरण विभागले गत कात्तिक १३ गते दायर गरेको मुद्दामा दोषी ठहर भएसँगै अदालतले न्यौपानेमाथि कसुर कायम गर्दै सजाय निर्धारणका लागि चैत १५ गते अर्को पेसी तोकेको छ ।

न्यौपानेसहित सोही मुद्दाका अर्का प्रतिवादी कुवेरमणी नेपाललाई भने अदालतले सफाई दिएको छ ।

दोषी ठहर भएका न्यौपानेले रिडी पावर कम्पनीमा रहँदा कम्पनीको सेयर पदमा बहाल रहँदाकै बखत गैरकानूनी रुपमा खरिदबिक्री गरेको भेटिएको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: