×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाँसबारी जग्गा प्रकरणः सीआईबीले लियो चौधरीको बयान

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बाँसबारी जग्गा प्रकरणः सीआईबीले लियो चौधरीको बयान

Artha Sarokar

८ चैत्र २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बाँसबारी जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सांसद तथा उद्योगपछि बिनोद चौधरीको बयान लिएको छ । बाँसबारीको १० रोपनी जग्गा हिनामिना प्रकरणमा नाम मुछिएपछि सीआईबीले चौधरीसँग बयान लिएको हो ।

२०४३ कात्तिक २७ गते कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको च्याम्पियन फुटवेयरले कपडाका जुत्ता उत्पादन गर्ने भन्दै तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनीको १० रोपनी जग्गा खरिद गरेको थियो ।
त्यसमा चौधरी परिवारका सदस्यहरूसहित बाँसबारी छाला जुत्ता कम्पनीसमेत सेयरधनी थिए । तर, जग्गा लिँदा मिलेमतो भएको र तीन वर्षमा च्याम्पियन फुटवेयर बन्द गरी पूरै जग्गा कब्जा गरिएको आरोप छ ।

सो प्रकरणमा अनुसन्धानका लागि चौधरीको बयान लिइएको सीआइबीका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिएका छन् । सीआइबीले सरकारी वकिलको कार्यालय काठमाडौंका अधिकारीहरुको रोहबरमा चौधरीको बयान लिएको हो । बुधबार साँझ मात्रै सीआइबीले चौधरीमाथि छानविन भइरहेको भन्दै सभामुख देवराज घिमिरेलाई पत्राचार गरी जानकारीसमेत गराएको थियो ।

यसअघि चौधरीका भाइ अरुण पक्राउ परेका थिए । कारखानाको जग्गा हिनामिनाको आरोपमा माघ १८ गते पक्राउ परेका अरुणलाई अर्को दिन काठमाडौं जिल्ला अदालतको आदेशमा हाजिरी जमानीमा छोडिएको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी