×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एउटै भवनमा रहेको बैंक अफ काठमाडौँमा कोरोना संक्रमण भएसँगै राष्ट्रिय बाणिज्य बैंकको शाखा सिल

LAXMI SUNRISE BANK

एउटै भवनमा रहेको बैंक अफ काठमाडौँमा कोरोना संक्रमण भएसँगै राष्ट्रिय बाणिज्य बैंकको शाखा सिल

१५ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
धनगढी । राष्ट्रिय बाणिज्य बैंकको बेलौरी नगरपालिका–४ बेलौरी बजारस्थित श्रीपुर शाखा सिल गरिएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैंक अफ काठमाडौँमा कार्यरत कर्मचारीमा कोरोनाको सङ्क्रमण पुष्टि भएपछि सो बैंकसँगै रहेको राष्ट्रिय बाणिज्य बैंक सिल गरिएको हो ।
राष्ट्रिय बाणिज्य बैंक श्रीपुर शाखाका प्रवन्धक महेशराज भट्टले सूचना जारी गर्दै बैंकमा कार्यरत कर्मचारीको पिसिआर चेकजाँच गरी नतिजा नेगेटिभ नआउँदासम्मका लागि बैंकको शाखा बन्द हुने बताएका छन् । सेवाग्राहीका लागि एटिएम सेवा भने खुला रहने उल्लेख गरिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी