×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुटवलमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु

PRIME CA

बुटवलमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु

१५ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
बुटवल । बुटवलमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिकाका ८० वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको हो । असोज १२ गते कोरोना संक्रमण पुष्टी भएका उनी बुधबार बिहान साढे ६ बजे अस्पताल भर्ना भएका थिए ।
उनको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा गएराति साढे ११ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । उनी उच्च रक्तचापका दीर्घ रोगी रहेको डा. गौतमले बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: