काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सहुलियत दरमा ऋण दिन एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)लाई आग्रह गरेका छन् । नेपाल भ्रमणमा रहेका एआईआईबीका निर्देशक नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले यस्तो आग्रह गरेका हुन् ।
उनले एआईआईबीमा सहुलियतको प्रावधान नहुँदा बजार दरको ब्याजमा ऋण प्राप्त गर्न नेपालजस्ता मुलुकलाई कठिन हुने भन्दै नेपालका लागि ऋण प्रवाहमा सहुलियत दरको नीतिगत व्यवस्था गर्न आग्रह गरेका छन् ।
त्यस्तै, प्रधानमन्त्री प्रचण्डले हाल नेपाल सरकार उच्च आर्थिक वृद्धिमार्फत सुशासन र संस्थागत विकास, सामाजिक न्याय तथा समृद्धि केन्द्रित भएकोले यसमा आवश्यक सहयोग गर्न पनि आग्रह गरेका छन् ।
एआईआईबीमा निर्देशक आरएमपी रथनायकेको नेतृत्वमा निर्देशकहरु, उपाध्यक्ष एवम् उच्च अधिकारीहरुको सहभागिता रहेको उक्त भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालको जलविद्युत्, पर्यटन, सूचना प्रविधि तथा पूर्वाधार विकासमा लगानी गर्न पनि एशियाली पूर्वाधार लगानी बैंकलाई आग्रह गरेका छन् । प्रधानमन्त्रीको आग्रहप्रति एआईआईबीका निर्देशक सकारात्मक रहेको बुझिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्