Skip to content
LAXMI SUNRISE BANK

बीपी प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सुनसरीको इटहरी–६ का ५६ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उनी बिराट मेडिकल कलेज बिराटनगरबाट रिफर भएर प्रतिष्ठानमा आएका थिए । 
उनमा असोज १४ गते नै बिराट मेडिकल कलेजमा कोरोना संक्रमण देखिएको थियो । उनमा ज्वरो, खोकी, श्वासप्रश्वासमा समस्या जस्ता लक्षण थियो । तर ती बिरामीमा पहिलेदेखि अन्य दीर्घ रोग नभएको पाइएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK