×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आयोगले कार्वाही सिफारिस गरेपछि अदालत जाँदै सीआईबी

PRIME CA
GLOBAL IME BANK

आयोगले कार्वाही सिफारिस गरेपछि अदालत जाँदै सीआईबी

१३ चैत्र २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । सुन तस्करी प्रकरणमा कार्वाही सिफारिस गरेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अधिकारी अदालत जाने भएका छन् । सुन तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले छानबिनमा लापरबाही गरेको ठहर गर्दै सीआईबी अधिकारीलाई कार्वाही गर्न सिफारिस गरेपछि सीआईबीका ४ जना अनुसन्धान अधिकारीहरु अदालत जाने भएका हुन् ।

सुन तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगलाई अनुसन्धान अधिकारीमाथि कार्वाही सिफारिस गर्नेसम्मको कार्यादेश नभएको भन्दै उनीहरु अदालत जान लागेका हुन् ।

आयोगले सुन तस्करी प्रकरणमा संलग्न व्यक्तिहरुमाथि राम्रोसँग अनुसन्धान नगरेर अनुसन्धामा लापरवाही गरेको ठहर गर्दै सीआईबी प्रमुखसहितका अधिकारीहरुलाई कार्वाहीका लागि सिफारिस गरेको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: