×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना कहर : विराटनगरका दुई ठूला होटल सदाका लागि बन्द

LAXMI SUNRISE BANK

कोरोना कहर : विराटनगरका दुई ठूला होटल सदाका लागि बन्द

१४ आश्विन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
विराटनगर । कोरोना महामारीका कारण आगन्तुक नआएपछि विराटनगरका दूई ठुला होटल बन्द भएका छन्‌। विराटनगरमा छुट्टै पहिचान बोकेका तारे होटल जेनिय र होटल नमस्कार बन्द भएका हुन् ।
विराटनगरको ट्राफिक चौकमा स्थापित होटल नमस्कार व्यवसायीक रुपमा विराटनगरमा खुलेको पहिलो स्तरीय होटल हो । जेनियल प्रदेश १ मा ठूलो लगानीमा खुलेको पहिलो होटल हो ।
२०३७ सालमा स्थापना भएको होटल नमस्कारले मंगलबारबाट आफ्नो सेवा बन्दको घोषणा गरेको हो । २०५५ सालमा स्थापना भएको जेनियल होटल ११ असारबाटै बन्द भइसकेको छ ।
होटल नमस्कार वि.सं २०३७ सालमा युवराज श्रेष्ठले स्थापना गरेका थिए । श्रेष्ठको निधनपछि उनको छोरा युनेशराज श्रेष्ठले हेर्दै आएका थिए । तर कोरोना महामारीका कारण सञ्चालन खर्च धान्न मुस्किल भएपछि मंगलबारबाट बन्द गर्न बाध्य भएको उनले बताए ।
‘खर्च धान्नै गाह्रो भयो,’ श्रेष्ठले भने, ‘विल्डिङ पनि पुरानो भयो, मर्मतका लागि चाहिने खर्च पनि धेरै हुन आउँछ ।’ होटल बन्द भएपनि अन्य व्यवसाय भने सञ्चालनमा रहने उनले बताए । ‘होटल नमस्कार मात्रै बन्द भएको हो । अन्य विजनेश सञ्चालनमा छन्,’ उनले भने, ‘ अवस्था सुधार भयो भने फेरि सञ्चालन गर्ने योजना छ ।’
विराटनगरमा ठूलो लगानीमा सञ्चालित होटल जेनियल असार ११ मा बन्द भएको थियो । २०५५ साल पुस ५ गतेदेखि सञ्चालनमा आएको होटल जेनियल कोरोना महामारीका कारण बन्द भएको सञ्चालक हरिभक्त सिटौलाले बताए । होटल बन्द भएसँगै यसको रेखदेखका लागि सुरक्षा गार्ड र सफाइ कर्मचारी मात्रै हाल कार्यरत रहेको उनले बताए । होटल जेनियलमा ४८ वटा कोठा, ३ वटा कार्यक्रम हल, २ मिटिङ हल, एक स्विमिङ पुल र २ वटा रेस्टुरेन्ट छन् । होटल नमस्कारमा भने २४ वटा रुम छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी