×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना संक्रमणबाट विराटनगरमा थप दुई जनाको मृत्यु

LAXMI SUNRISE BANK

कोरोना संक्रमणबाट विराटनगरमा थप दुई जनाको मृत्यु

१४ आश्विन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
विराटनगर । कोरोना संक्रमणबाट विराटनगरमा थप दुई जनाको मृत्यु भएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ७३ वर्षीय पुरुष र हरिनगर गाउँपालिका–२ का ५० वर्षीय पुरुषको मृत्यु भएको हो ।सुनसरीको इटहरीबाट उपचारका लागि ल्याइएका वृद्धको विराटनगरस्थित कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा बुधबार मृत्यु भएको हो । कोरोना पुष्टि भएसँगै श्वासप्रश्वासमा समस्या बढेपछि वृद्धलाई उपचारका लागि बिहान ११ बजेतिर कोभिड अस्पताल ल्याइएको थियो ।
यसैगरी बुधबार बिहान नोबेल शिक्षण अस्पतालमा उपचाररत सुनसरीको हरिनगर–२ का ५० वर्षीय पुरुषको मृत्यु भएको हो । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि उनलाई उपचारका लागि असोज ९ गते अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा सोमबार उनको रिपोर्ट पोजेटिभ आएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी