Skip to content
LAXMI SUNRISE BANK

शुक्रबार सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको छैँठौ दिन शुक्रबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख ३४ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १३ सय रुपैयाँले घटेर १ लाख ३२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन १३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३२ हजार ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ३५ रुपैयाँले घटेर प्रतितोला १६१५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य १ लाख १३ हजार ७ सय ७० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य १ लाख १३ हजार २ सय १० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १३८४.५० रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK