×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मलेसियामा नेपालीलाई अपहरण गरी १५ लाख फिरौती असुली गरेको अभियोगमा समातिए व्यवसायी डेबिड

LAXMI SUNRISE BANK

मलेसियामा नेपालीलाई अपहरण गरी १५ लाख फिरौती असुली गरेको अभियोगमा समातिए व्यवसायी डेबिड

१४ आश्विन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अपहरण तथा शरीर बन्धक सम्बन्धी अभियोगमा एक व्यक्ति पक्राउ गरेको छ। ब्युरोका अनुसार मलेसियामा बसेर गुन्डागर्दी र अपहरण गरेको भन्दै पीडित पक्षको जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो ।
श्रेष्ठसहित उनकी श्रीमती भुटान माइतीघर भएकी धनमाया श्रेष्ठ तथा सवारी चालक मिलेर दाङको पहरुवाका मध्म रैदासलाई मलेसियामा अपहरण गरेर ७ दिनसम्म बन्धक बनाएर राखेको थियो। श्रेष्ठले रैदासकी श्रीमतीलाई फोन गरेर श्रेष्ठको नाममा रहेको हिमालयन बैंकको खातामा ६० हजार रिंगिट जम्मा गराउन भनेका थिए । 
रकम जम्मा नगरिदिए श्रीमानलाई मारिदिने समेत धम्की दिएपछि उनकी श्रीमतीले पटक-पटक गरी १५ लाख ९२ हजार रुपैयाँ जम्मा गरेकी थिइन् । रकम जम्मा गरेपछि उनीहरुले रैदासलाई अपहरणमुक्त गरे पनि उनीहरुले पासपोर्ट कब्जा गरेर नेपाल फर्किन दिएका थिएनन् । 
श्रेष्ठले मलेसियामा डान्सबार तथा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका थिए । श्रेष्ठमाथि जिल्ला अदालत, काठमाडौंबाट अनुसन्धानका लागि म्याद थप गरेर विस्तृत अनुसन्धान गर्ने तयारी सीआईबीको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी