Skip to content
LAXMI SUNRISE BANK

धितोपत्र बोर्डको अध्यक्षका लागि ५ जनाको नाम सर्टलिष्ट, अन्तिम समयमा १ जनाको नाम परिवर्तन !

अर्थ सरोकार

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि पाँच जनाको नाम सर्टलिष्ट गरिएको छ । बोर्डको अध्यक्ष चयन गर्न बनेको सिफारिस समितिले अध्यक्षका लागि पाँच जनाको नाम सर्टलिष्ट गरेको हो ।

अन्तर्वार्ताका लागि सर्टलिष्टमा पर्नेहरुमा बोर्डका कार्यकारी निर्देशक डा.नवराज अधिकारी, बोर्डकै कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का सीईओ कृष्ण कार्की, तत्कालीन बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईं र सन्तोष नारायण श्रेष्ठ रहेका छन् ।

यसो त बोर्डका अध्यक्षका लागि आवेदन दिएका १९ जनामध्येबाट सर्टलिष्टमा पाँचजनाको नाम यसअघि नै तय गरिसकिएको थियो । तर, हाल सार्वजनिक नामावलीमा भने एक जनाको नाम परवर्तन भएको छ । हाल सर्टलिष्टमा परेका सन्तोष नारायण श्रेष्ठको ठाउँमा यसअघि डा.बिमल कुमार तिवारीमा नाम तय गरिएको थियो ।

सर्टलिष्टमा परेका पाँच जनाको अन्तर्वार्ता र प्रस्तुतीकरणपछि सिफारिस समितिले ३ जनाको नाम मन्त्रिपरिषद्मा पठाउनेछ । त्यसपछि मन्त्रिपरिषद्ले तीनजनाबाट योग्य एक जनालाई बोर्ड अध्यक्षमा नियुक्त गर्नेछ ।

बोर्डको अध्यक्षका लागि चिरञ्जीवी चापागाईं, डा. नवराज अधिकारी, कृष्ण पोखरेल, कृष्ण बहादुर अधिकारी, कृष्ण कार्की, प्रबिण पन्दाक, डा. केशब प्रसाद श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ, शिबहरी श्रेष्ठ, सीताराम थपलिया, निरज गिरी, मुक्ति अर्याल, खगेन्द्र कटुवाल, बिमल तिवारी, रघु काफ्ले, गोपाल भट्ट, सन्तोष कुमार श्रेष्ठ, शंकर मान सिंह आवेदन दिएका थिए ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK