काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिनका लागि माग गरेको छ ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘विगतदेखि हामीले माग गर्दै आएको २०४७ सालयता सार्वजनिक पद धारण गर्ने व्यक्तिको सम्पत्तिउपर उच्चस्तरीय छानबिन समिति गठन गरौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले (रास्वपा)ले अहिले यही माग अघि सारेको छ, त्यो उपयुक्त छ ।’
सहकारी ठगीका साथै विसं २०४७ यता भएका सम्पूर्ण ठगीको छानबिनका लागि उच्चस्तरीय स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्ने उनले बताएका छन् ।
यसअघि नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीद्वय बद्रीप्रसाद पाण्डे र जीवन परियारले सार्वजनिक पद धारण गरेका व्यक्ति र उनीहरुका परिवारको सम्पत्ति छानबिन गर्नुपर्ने सार्वजनिक महत्वको प्रस्ताव संसद्मा दर्ता गराएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्