×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नाडेप लघुवित्तको १०% बोनस सेयरमा मूल्य समायोजन, प्रति कित्ता कति ?

LAXMI SUNRISE BANK

नाडेप लघुवित्तको १०% बोनस सेयरमा मूल्य समायोजन, प्रति कित्ता कति ?

१४ आश्विन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं। नाडेप लघुवित्त वित्तीय संस्थाको १०% बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस सेयरमामा मुलत समायोजनपछि सेयर मूल्य ६७६ रुपैयाँ ३६ पैसा कायम गरेको छ । बुधबार यसै मूल्यलाई आधार मानेर सेयर कारोबार खुला भएको छ । 
संस्थाले १० प्रतिशत लाभांश पारित गर्न असोज २८ गते वार्षिक साधारण सभा  बोलाएको छ । सभामा बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि १९ लाख ३६ हजार ८४२ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पेश हुने भएको छ । साथै, संस्थाले सेयर स्वामित्व परिमार्जन गर्ने प्रस्ताव पनि पेश गर्ने भएका छन् । संस्थाले  ५१ः४९ अनुपातमा सेयर स्वामित्व परिमार्जन गर्ने भएका छन्। 
उक्त सभा रानीबन पार्टी ल्यालेस एन्ड रेष्टुरेन्ट, नागार्जुन काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । हाल यसको चुक्ता पुँजी ३६ करोड ८० लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि पुँजी ४० करोड ४८ लाख रुपैयाँ पुग्नेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी