
- अर्थ सरोकार सम्बाददाता
विराटनगर । कोरोनाका कारण विराटनगर र धरानमा २ जना मृत्यु भएको छ । बुधबार कोशी अस्पताल विराटनगर र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १/१ जनाको पुरुषको मृत्यु भएको हो । कोशी अस्पतालमा मोरङको जहदा गाउँपालिका–६ का ६० वर्षीय पुरुषको मेरिटी भएको हो भने सप्तरीको राजविराज–४ घर भएका ३९ वर्षीय पुरुषको बिहान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।
मोरङका पुरुषलाई उपचारका लागि असोज ४ गते बिहान अस्पतालमा भर्ना गरी भेण्टिलेटरमा राखिएको थियो । उनमा श्वासप्रश्वास, उच्च रक्तचाप, मधुमेह, मोटोपनाको पुरानो समस्या थियो । यत्सै बीपी प्रतिष्ठानमा ९ असोजमा भर्ना भएका राजविराजका ३९ वर्षीय पुरुषमा मधुमेह र उच्च रक्तचाप, मिर्गौलाको समस्या पनि थियो । प्रदेश १ का विभिन्न कोभिड अस्पतालमा उपचाररत ६९ जना संक्रमितको मृत्यु भइसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्