Skip to content
LAXMI SUNRISE BANK

एनआईसी एशियाको नाफा आधाले घट्यो, वितरणयोग्य नाफा पौने दुई अर्बले नकारात्मक (विवरणसहित)

अर्थ सरोकार

काठमाडौँ । एनआईसी एशिया बैंकको खुद नाफा आधाले घटेको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको खुद नाफा ५२.३१ प्रतिशतले घटेको हो । समीक्षा अवधिमा बैंकले कुल १ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ४ अर्ब १ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याद आम्दानी घट्दा र खराब कर्जा बढेपछि बैंकको खुद नाफामा भारी गिरावट देखिएको हो ।

यसो त चालु आर्थिक वर्षको तेस्रो मसान्तसम्ममा बैंकको खराब कर्जा ०.८५ प्रतिशतबाट बढेर ३.०८ प्रतिशत पुगेको छ । सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी ९.९५ प्रतिशत र खुद फि तथा कमिसन आम्दानी १३.५० प्रतिशतले घटेको छ । त्यस्तै, समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ९.१७ प्रतिशत र सञ्चालन मुनाफा ३७.३१ प्रतिशत घटेको छ ।

त्यस्तै, समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७२ करोड ५६ लाख रुपैयाँ ऋणात्मक रहेको छ । सँगै बैंकको प्रतिसेयर वितरणयोग्य मुनाफा पनि १५ रुपैयाँ ४२ पैसा ऋणात्मक रहेको छ ।

चैत मसान्तसम्ममा एनआईसी एशिया बैंकको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ । यसअवधिमा बैंकको ईपीएस २९ रुपैयाँ १८ पैसा घटेर १७ रुपैयाँ १२ पैसामा झरेको छ । यसअवधिमा बैंकको मूल्य आम्दानी अनुपात २२.८५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०५ रुपैयाँ ४७ पैसा रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK