Skip to content
LAXMI SUNRISE BANK

ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घट्यो, यस्ता छन् अन्य सूचकहरु (विवरणसहित)

अर्थ सरोकार

काठमाडौं । ग्लोबल आइएमई बैंकको नाफामा गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा २४.१३ प्रतिशतले घटेको हो ।

तेश्रो त्रैमाससम्म आइपुग्दा बैंकले ३ अर्व ३० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकी गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले ४ अर्व ३५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकको संचालन नाफा घटेको छ भने खराब कर्जा बढेको छ । जसले गर्दा खुद नाफा प्रभावित भएको हो । बैंकको संचालन नाफा २२.२८ प्रतिशतले घटेर ४ अर्व ७१ करोड रुपैयाँ पुगेको छ । गत वर्ष बैंकले ६ अर्ब ६ करोड रुपैयाँ संचालन नाफा गरेको थियो ।

त्यस्तै, खुद ब्याज आम्दानी १०.४९ प्रतिशतले बढेर १३ अर्ब २ करोड पुगेको छ । गत वर्ष बैंकले ११ अर्ब ७९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको खराब कर्जा ०.७८ प्रतिशतले बढेर ४.७४ प्रतिशत पुगेको छ ।

चैत मसान्तसम्म आइपुग्दा ग्लोबल आइएमईको वितरणयोग्य नाफा ४२ करोड ३१ लाख रुपैयाँ ऋणात्मक छ । प्रतिसेयर आम्दानी ४ रुपैयाँ ८८ पैसाले घटेर १२ रुपैयाँ २ पैसामा आएको छ भने  प्रतिसेयर नेटवर्थ १६०.९२ रुपैयाँ छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK