काठमाडौं। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीले सीआईबीमा आईपोमार्फत ठगी भएका उजुरी परेको बताएका छन् । काठमाडौंमा आयोजित लेखा व्यवसायीहरूको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै एसपी बोगटीले यस्तो बताएका हुन् ।
उनले वित्तीय विवरणमा छेडखानी गरेर बजारलाई म्यानुपुलेट गर्ने काम भएको भन्दै उजुरीहरू परेको बताएका छन् । ती उजुरीहरूमाथि सीआईबीले अध्ययन गरिरहेको बोगटीले बताए ।
साथै, बोगटीले कम्पनीको वित्तीय विवरणमा हुने छेडखानी नियन्त्रण गर्न लेखा व्यवसायीहरूको भूमिका पनि महत्वपूर्ण हुने भन्दै आफ्नो अधिकार प्रयोग गरेर अध्ययनलाई थप सूक्ष्म बनाउन पनि आग्रह गरेका छन् ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को आयोजनामा बिहीबारदेखी तेस्रो लेखा व्यवसायी सम्मेलन काठमाडौंमा आयोजना गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्