Skip to content
LAXMI SUNRISE BANK

मंगलबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

अर्थ सरोकार

काठमाडौं। सरकारले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका आउने भएपछि सरकारले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सिंहदरबारमा सोमबार भएको मन्त्रिपरिषद् बैठकले कतारका अमिरले बैशाख ११ देखि गर्ने नेपालको राजकीय भ्रमणको अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रबिधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

कतारका अमिरले नेपालको दुईदिने औपचारिक भ्रमण गर्न लागेका हुन्।

अमिरको यो भ्रमणबाट कतार र नेपालबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने विश्वास गरिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK