काठमाडौं । काठमाडौं र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र चीनको दुईपक्षीय आर्थिक सम्बन्ध हिमाल जस्तै अटल रहेको बताएका छन् । सोमबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित १७ औं नेपाल–चीन व्यापार मेलाको समुद्घाटन कार्यक्रममा उनले चीनको स्थायित्व एकता समृद्धि सदैव नेपालको अन्तरमनको चाहना रहँदै आएको भन्दै नेपाल सदैव एक चीन नीतिको समर्थन रहँदै आएको र चीनको एकता एवम अखण्डताप्रति मन, वचन र कर्मले प्रतिबद्ध रहेको बताए ।
‘नेपाल र चीनको स्वशासित क्षेत्र हिमालको दुवैतर्फ विद्यमान व्यापारिक अवसरलाई सदुपयोग गर्ने हाम्रो व्यवसायिकहरुको कारण दुईपक्षीय आर्थिक सम्बन्धलाई पनि हिमाल जस्तै अटल बनाएको छ, वस्तु विनिमय प्रणालीबाट विकसित हुँदै आजको यस डिजिटल युगमा नेपाल र चीनको स्वशासित क्षेत्र सिचाङबिचको व्यापारिक सम्बन्ध आगामी दिनमा नयाँ उचाइमा पुग्ने मैले विश्वास लिएको छु,’उनले भने,‘नेपाल र चीन सदैव सुःख दुःखमा साथ दिने अनन्य मित्रको रुपमा छन् , चीनको स्थायित्व एकता समृद्धि सदैव नेपालको अन्तरमनको चाहना रहँदै आएको छ, नेपाल सदैव एकचीन नीतिको समर्थन रहँदै आएको र चीनको एकता र अखण्डतालाई मन वचन र कर्मले प्रतिबद्ध रहेको छ ।’
उनले दुइ देशबिच व्यापार प्रवद्र्धन गर्ने महत्वपूर्ण औजारको रुपमा रहेको भन्दै यस्तो व्यापार मेलाले दुई छिमेकी देशहरुबीच व्यापार वृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । व्यापारी समुदायलाई नयाँ क्रेता, नयाँ बजार र नयाँ व्यापार गन्तब्य पहल्याउन फलदायी हुने उनको भनाइ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्