काठमाडौँ । धितोपत्र ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले दुई ब्रोकर एक हुन लागेको कुरा हल्ला मात्र रहेको दाबी गरेका छन् । बुधबार बेलुकीदेखि सामाजिक संजालमा ब्रोकर कमिसन घटेको झोकमा दुई ब्रोकर एक हुन लागेको हल्ला चलेपछि अर्थ सरोकारले राखेको जिज्ञासामा ढकालले त्यस्तो कुनै निर्णय नभएको र ६ महिना अघि आएको प्रस्तावमा त्यसपछि थप कुनै पनि थप छलफल नभएको दाबी गरेका हुन् ।
‘६ महिना अघि एक हौँ भनेर प्रस्ताव आएको हो । त्यसपछि कुनै पनि छलफल भएको छैन ।’ अध्यक्ष ढकालले अर्थ सरोकारसँग भने, ‘कसले कसको कुरा सुनेर हल्ला चलायो थाहा छैन, तर संघको मर्जरका बारेमा थप कुनै पनि कुरा भएको छैन ।’
यसअघि पूराना ब्रोकरहरुले ब्रोकर लाइसेन्स रोक्न लविङ गरेपछि नयाँ ब्रोकरहरुहरुले छुट्टै संघ खोलेका थिए । नयाँ संघ खुलेदेखि नै पूरानो ब्रोकर एसोसिएसनले नयाँसँग मिलेर जाने प्रस्ताव राखेको थियो । तर कुरै नमिल्ने भन्दै नयाँ संघ मर्जरका लागि असहमत देखिएको थियो । त्यसमाथि पूरानासँग मिसिए नयाँ संघ फुटाएर अघि बढ्ने चेतावनी केहि ब्रोकरहरुले दिएपछि सो प्रक्रिया नै अघि बढेको थिएन ।
केहि दिन यता दुई ब्रोकरहरु एक हुन लागेको चर्चा सामाजिक सञ्जालमा छ । ब्रोकर कमिसन घटाउने निर्णय रोक्न असफल भएपछि दुई संगठन एक हुन लागेको चर्चा भए पनि धितोपत्र ब्रोकर एसोसिएसनका अध्यक्ष ढकालले भने त्यस्तो हल्लामा कुनै पनि सत्यता नरहेको दाबी गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्