×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेले बन्द गर्यो रोडसो सेक्युरिटिजको टिएमएस सेवा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेप्सेले बन्द गर्यो रोडसो सेक्युरिटिजको टिएमएस सेवा

Artha Sarokar

२४ बैशाख २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ब्रोकर नं.९२ अर्थात् रोडसो सेक्युरिटिजको टिएमएस सेवा बन्द गरेको छ । टिएमएस प्रयोग गरे वापत तिर्नु पर्ने प्राविधिक शुल्क नतिरेको भन्दै नेप्सेले रोडसोको टिएमएस बन्द गरेको हो ।

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार सो ब्रोकरले माघ महिनादेखि शुल्क बुझाएको छैन । अव मासिक तिर्नुपर्ने २५ हजार र ५० हजार जरिवाना बुझाएपछि मात्र टिएमएस संचालन हुने पराजुलीले बताएका छन् ।

HIGHLIGHTSटिएमएस प्रयोग गरे वापत तिर्नु पर्ने प्राविधिक शुल्क नतिरेको भन्दै नेप्सेले रोडसोको टिएमएस बन्द गरेको छ ।

धितोपत्र कारोबार सञ्चालन (तेस्रो संशोधन) विनियमावलि, २०७९ को विनियम २१ को (च) मा कारोबार सदस्यले नेप्सेको कारोवार प्रणालीमा कारोवार व्यवस्थापन प्रणाली आबद्ध गरे बापत नेप्सेलाई अनुसुचि २ (ग) बमोजिमको मासिक प्राविधिक सेवा शुल्क बुझाउनु पर्छ भन्ने व्यवस्था उल्लेख गरिएको छ ।

त्यस्तो शुल्क त्रैमासिक अवधिको पहिलो महिनाको सात गते भित्र बुझाउनु पर्ने उल्लेख गरिएको छ । उक्त अवधिमा शुल्क नबुझाएमा नेप्सेले जुन सुकै बेला सेवा बन्द गर्न सक्ने व्यवस्था छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी