काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी वस्तुको उत्पादन र उपभोग अभिवृद्धि गर्नका लागि स्वदेशी वस्तु उपभोग निर्देशिका चाँडै जारी गर्ने बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासङ्घले आयोजना गरेको नेपाल १७औँ अन्तराष्ट्रिय औद्यौगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन् ।
उनले स्वदेशी वस्तुको राष्ट्रिय तथा अन्तराष्ट्रिय बजार प्रवर्द्धनका लागि बिक्रीकक्ष स्थापना, स्वदेशी वस्तु बिक्री बजार, सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपभोग जस्ता अभियानलाई राज्यले सकारात्मक रुपमा लिएको बताएका छन् । मन्त्री भण्डारीले त्यसका लागि आवश्यक नीतिगत व्यवस्थाको समेत तयारी अन्तिम चरणमा रहेको बताएका छन् ।
त्यस्तै, उनले प्रधानमन्त्री नेपाली उत्पादन उपभोग अभिवृद्धि लगायत कार्यक्रममार्फत निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अघि बढ्ने प्रतिवद्धता जनाएका छन् । उनले उद्योग मन्त्रालय मातहतमा रहेका लघु घरेलु तथा साना उद्योग प्रवर्द्धन महासंघको सुझाव अनुसार कार्यक्रम योजना तय हुँदै आएको आगामी दिनमा थप सहकार्य गर्ने बताएका छन् ।
लघु, घरेलु तथा साना उद्योगहरुबाट उत्पादित वस्तुलाई केन्द्रिय स्तरमा अन्तराष्ट्रिय स्तरको बिक्रीकक्ष स्थापनाको लागि भौतिक संरचना र सहुलियत राज्यले गर्ने उल्लेख गरेका छन् ।
साथै महिलाले सञ्चालन गरेका उद्योगहरुले धेरै रोजगारी सिर्जना गरेको बताउँदै मन्त्री भण्डारीले त्यस्ता उद्योगलाई प्रवर्द्धन गर्न अनुदान साहयता तालिम तथा प्रविधि हस्तातरण गरिने बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्