×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुई कर्मचारीमा कोरोना पुष्टी भएपछी तेक्‍वान्दो संघको सचिवालय असोज २५ गतेसम्म बन्द

LAXMI SUNRISE BANK

दुई कर्मचारीमा कोरोना पुष्टी भएपछी तेक्‍वान्दो संघको सचिवालय असोज २५ गतेसम्म बन्द

११ आश्विन २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । नेपाल तेक्‍वान्दो संघको सचिवालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । संघले आइतबार एक सूचना जारी गर्दै सातदोबाटोस्थित केन्द्रीय कार्यालयमा कार्यरत दुई कर्मचारीलाई कोरोना संक्रमण पुष्टी भएको जनाएको हो ।
सचिवालयमा कार्यरत दुई कर्मचारीमा कोरोना संक्रमण देखिएपछि संघले दुई साताका लागि सचिवालय बन्द गर्ने निर्णय गरेको छ । यससँगै संघले आफ्नो सचिवालय असोज २५ गतेसम्मका लागि बन्द रहने जनाएको छ । 
उपत्यकाका तीन जिल्लामा लगाइएको निषेधाज्ञाको समयमा संघको सचिवालय बन्द रहेको र सोही समयमा उनीहरुलाई कोरोना संक्रमण देखिएको संघले जनाएको छ । त्यस समय उनीहरु कार्यालयमा अनुपस्थित भएको समेत सूचनामा उल्लेख गरेको छ ।
 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी