Skip to content
LAXMI SUNRISE BANK

‘अब संसदीय छानबिन समिति कुनै हालतमा बन्दैन’- मनिष झा

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले अब संसदीय छानबिन समिति नबन्ने बताएका छन् । प्रतिनिधि सभा बैठक स्थगित भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै सांसद मनिष झाले अब कुनै पनि हालतमा संसदीय छानबिन समिति नबन्ने बताएका हुन् ।

आफूहरु दुईवटा सामान्य सर्तमा संसदीय छानबिन समिति बनाउन तयार हुँदाहुँदै पनि कांग्रेस अमर्यादित बनेको भन्दै अब कुनै पनि हालतमा संसदीय छानबिन समिति नबन्ने बताएका हुन् ।

त्यस्तै, सांसद झाले अब संसदीय छानबिन समिति बन्नका नेपाली कांग्रेसले पनि कांग्रेसका सभापतिमाथि छानबिन गर्न तयार हुनुपर्ने बताएका छन् । अन्यथा अब कुनै पनि हालतमा रास्वपाका सभापति रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन नहुने बताएका हुन् ।

त्यस्तै, उनले नेपाली राजनीतिमा लोकतान्त्रिक तथा मर्यादित पार्टी भनिएको नेपाली कांग्रेसलाई मर्यादा सिकाउनुपर्ने अवस्था आएको भन्दै दुखेसोसमेत पोखेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK