×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘संसदमा कांग्रेसको अवरोध इतिहासकै कलंक’- प्रचण्ड 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘संसदमा कांग्रेसको अवरोध इतिहासकै कलंक’- प्रचण्ड 

७ जेष्ठ २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले संसदमा नेपाली कांग्रेसको अवरोध इतिहासकै ‘कलंक’ साबित भएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने क्रममा नेपाली कांग्रेसका सांसदले निरन्तर नारावाजी गरेपछि प्रधानमन्त्री प्रचण्डले कांग्रेसको अवरोध इतिहासकै ‘कलंक’ साबित भएको बताएका हुन् । 

प्रधानमन्त्रीले संविधानअनुसार विश्वासको मत लिन लाग्दा पनि कांग्रेसले अवरोध सृजना गरेर इतिहासकै गलत काम गरेको बताएका छन् । 

‘तपाईंहरुले आज बहुत गलत गर्नुभयो भन्ने मलाई लागेको छ ।’, प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपालको इतिहासमा जुन प्रधानमन्त्रीले तपाईंहरुलाई पटकपटक साथ दियो र यो पटक पनि जुन प्रधानमन्त्रीले तपाईंहरुलाई संवाद र सहमतिको बाटोमा ल्याउन मेहेनत गरेको छ, त्यसलाई संविधानअनुसार विश्वासको मत लिन नदिएर तपाईंहरुले इतिहासमा नराम्रो उदाहरण प्रस्तुत गर्नुभयो । म त्यसको निम्ति गहिरो दुःख व्यक्त गर्न चाहन्छु ।’

त्यस्तै, प्रधानमन्त्री प्रचण्डले कांग्रेसले आज संसदमा देखाएको ‘हर्कत’को मूल्य नेपाली कांग्रेसलाई इतिहासमा चर्को पर्नेसमेत बताएका छन् । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी