काठमाडौँ । केही समय अगाडि शालिकराम पुडाशैनीले दिएको भिडियो बयानलाई आधार बनाएर प्रहरीले रवि लामिछानेलाई न्युज रुमबाटै पक्राउ गरेको थियो । पछि उनी निर्दोष सावित भएकासमेत थिए । त्यही घटना क्रमले रविलाई मन्त्री बनायो । रवि गृहमन्त्री भएपछि उनीविरुद्ध नागरिकताको केसमा सर्वोच्चमा मुद्दा पर्यो । सर्वोच्चको फैसलाले रविको नागरिकता त्रुटीपूर्ण मात्र भनेन, बरु उनको भएको सबै पद गयो । यो बीचमा कान्तिपुरले रविको नागरिकता, पासपोर्ट केसमा फलोअप गरिरहेको थियो । पछि रविले सार्वजनिक रुपमै कान्तिपुरलाई नमज्जाको बोली झापड दिए । तर यति बेला उनी सत्तामा थिएनन् ।
रवि फेरी गृहमन्त्री बने । फेरी कान्तिपुरले रवि सहकारी ठगीमा संलग्न रहेको खबर छापिरह्यो । यहीबीचमा सर्लाहीका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ मा कान्तिपुरका अध्यक्षको नागरिकता किर्ते भएको भनी किटानी जाहेरी दिए । सो जाहेरीमा सिरोहियाले फरकफरक नम्बरका नागरिकताहरु प्रयोग गरिरहेको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसूरमा छानबिन गर्न माग गरिएको थियो । किटानी जाहेरी दिए पनि उनीविरुद्ध तत्काल पक्राउ पुर्जी जारी भएन । तर संयोग यस्तो परिदियो कि, कान्तिपुरमा रवि तत्कालीन प्रबन्ध निर्देशक रहेको टिभीमा सहकारी पीडीतको करोडौँ रुपियाँ अपचलन भएको खबर बिहान कान्तिपुरमा प्रकाशन भयो, बेलुकी सिरोहिया पक्राउ गरे ।
सिरोहियालाई पक्राउ गर्न काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईसहितको टोली सोमबार थापाथलीस्थित कान्तिपुर पब्लिकेसनमा पुगेको थियो । कान्तिपुरको प्रधान कार्यालयमा पुगेको प्रहरीले नागरिकतासम्बन्धी कसुरमा अनुसन्धानका लागि जिल्ला अदालत, धनुषाले मंगलबार अनुमतिपछि जारी भएको पक्राउ पूर्जी देखाएर कान्तिपुरका अध्यक्ष सिरोहियालाई प्रहरीले पक्राउ गर्यो र धनुषा लग्यो ।
पक्राउ अघि मंगलबार दिउँसो एक विज्ञप्ति जारी गर्दै सिरोहियाले कानुनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न आफू एक जिम्मेवार नागरिकका रूपमा तयार रहेको जनाएका थिए । पक्राउ पर्दैगर्दा पनि उनले आफूमाथि नियोजित प्रहार भएको, यसअघि पनि समाचार लेखेकै कारण जेल परेको र यसपाली पनि कान्तिपुरमाथि यस्तै षड्यन्त्र भएको, र सहकारीका ७१ लाख सदस्य तथा बचतकर्ताको पसिनाको कमाइ सुरक्षित गर्न यसमा ठगी गर्नेहरूमाथि अनुसन्धान र कारबाही हुनुपर्ने आवाज उठाएकै कारण गृहमन्त्रीले आफूमाथि प्रतिशोध साँधेको उनको दाबी छ । आफू पक्राउ परे पनि सहकारी ठगीलगायत हरेक बेथितिका विषयमा समाचार लेख्ने कर्तव्यबाट कान्तिपुर एक इन्च पनि पछि नहट्ने दाबी गरेका सिरोहीया आफूविरुद्ध जारी भएको पक्राउ पुर्जीविरुद्ध रिट निवेदन लिएर सर्वोच्च अदालतसमेत पुगेका छन् । तर सो रिटको सुनवाई हुने दिन नहुँदै उनलाई प्रहरीले पक्राउ गरी अनुसन्धानका लागि धनुषा लगेको छ ।
यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले संसदमै पनि कान्तिपुरका अध्यक्ष सिरोहियालाई पक्राउ गरे आफूहरूले नसहने बताएका थिए । सिरोहियामाथि पक्राउपुर्जी जारी भएको समाचार सार्वजनिक भएपछि कान्तिपुरको कार्यालय पुगेका कांग्रेस नेताहरुले सिरोहियामाथि सत्ता र शक्तिको आडमा पक्राउ पुर्जी लिइएको भन्दै आपत्तिसमेत जनाएका छन् । सिरोहियाविरुद्ध जारी पक्राउ पुर्जी प्रेसमाथिको प्रहार मात्र नभएर प्रजातन्त्र/लोकतन्त्रमाथिकै आक्रमण भएको कांग्रेस नेताहरूको दाबी छ । अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको खबरपछि कान्तिपुर पुगेका नेताहरूले आफूहरू सधैँ प्रेस स्वतन्त्रता र प्रजातन्त्रको पक्षमा रहने प्रतिबद्धतासमेत जनाएका छन् । कान्तिपुरको कार्यालय पुगेका पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका कांग्रेस सांसद एनपी साउदले सिरोहियाविरुद्ध जारी पक्राउ पुर्जी र धरपकड सह्य नहुने चेतावनी दिएका थिए भने कांग्रेस सांसद राजेन्द्र बजगाईँले लोकतन्त्रका लागि लडेको कान्तिपुरमाथि आक्रमण गर्न लगाएर प्रधानमन्त्रीले के गर्न खोजेको हो ? भनेर प्रश्न गरेका थिए ।त्यस्तै, सांसद रामनाथ अधिकारीले पनि प्रधानमन्त्रीलाई लोकतन्त्रका लागि लडेको कान्तिपुर विरुद्धको आक्रमण गर्ने ठाउँमा तपाईं किन पुग्नुभयो भनेर प्रश्न गरेका छन् ।
यस्तै कान्तिपुरको कार्यालय पुगेका सांसद वीरबहादुर बलायरले कान्तिपुरका मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध मात्र नभई सिंगो लोकतन्त्र र प्रेसविरुद्ध आक्रमण भएको दाबी गरेका छन् भने सांसद प्रतिमा गौतमले अध्यक्ष सिरोहियाविरुद्धको पक्राउ पुर्जी सहकारी ठगीविरुद्ध कान्तिपुरले उजागर गरेको तथ्यलाई विषयान्तर गर्न र मिडियालाई तर्साउने काम भएको दाबी गरेकी छिन् । यता सांसद राजु थापाले गृहमन्त्री रवि लामिछानेले मिडियासँग बार्गेनिङ गर्न खोजेको संघीन आरोप लगाउँदा सांसद दीपक गिरीले कान्तिपुर मिडिया लोकतन्त्र र गणतन्त्रका लागि पुर्याएको योगदान सँधै स्मरणीय रहेको भन्दै गृहमन्त्रीले प्रतिशोध साँध्न पक्राउ पुर्जी जारी गरेको आरोप लगाएका छन् । यस्तै सांसद कुसुम थापा मगर, कांग्रेस नेता गोविन्द पोखरेल, सांसद रामकृष्ण यादव, सांसद श्याम घिमिरे, सांसद नागिना यादव, उद्योगी उपेन्द्र महतो लगायतले पनि सिरोहिया पक्राउको विरोध गरेका छन् ।
कान्तिपुरको कार्यालयमै पुगेका सांसदहरुलाई धन्यवाद दिँदै सिरोहियाले बेथिति, भ्रष्टाचार अनियमितता विरुद्ध तथा लोकतन्त्रका पक्षमा सँधै उभिने प्रतिबद्धतासमेत जनाएका थिए । उनले आफू अनुसन्धानका लागि सघाउन सँधै तयार रहेको तर एकपटक पनि सोधपुछ नगरी पक्राउ पुर्जी जारी गरिनुले प्रतिशोधबाट केन्द्रित भएको टिप्पणी गर्दै गृहमन्त्री आफैँविरुद्ध २ वटा नागरिकताको विषयमा पनि निष्पक्ष अनुसन्धान हुनुपर्ने मागसमेत गरे । सिरोहियाले रविजीसँग पनि २ नागरिकतामा छानबिन गर्न पक्राउ पुर्जी जारी होस् भन्दै थिए । यहीबीचमा प्रहरीले उनलाई पक्राउ गरिहाल्यो ।
यो प्रकरणलाई धेरैले रवि र सिरोहियाबीचको लडाईँका रुपमा लिएका छन् । कतिपयले सिरोहिया पक्राउ पर्नु रविलाई धेरै खेदेपछिको परिणाम भनेका छन् भने रास्वपाका समर्थकहरुले सिरोहियाको नागरिकता किर्ते भएकोले प्रहरीले गरेको स्वाभाविक अनुसन्धान भनेर दाबीसमेत गरिरहेका छन् । कांग्रेसले यसलाई गृहमन्त्रीको पूर्वाग्रह भनेको छ भने प्रहरीले स्वाभाविक कानुनी प्रक्रिया भनेको छ । (भिडियो)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्