×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहकारीका कर्मचारीद्वारा किर्ते ऋणी बनाई लाखौँ रकम अपचलन, सदस्यहरुले लगाए कार्यालयमा ताला !

अर्थ सरोकार

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार

PRIME CA

सहकारीका कर्मचारीद्वारा किर्ते ऋणी बनाई लाखौँ रकम अपचलन, सदस्यहरुले लगाए कार्यालयमा ताला !

  • अर्थ सरोकार सम्बाददाता 

धादिङ । धादिङको साना किसान कृषि सहकारी संस्थामा ताला लगाइएको छ । सोही संस्थामा आवद्द सदस्यहरुले कार्यालयमा तालाबन्दी गरेका हुन् । सहकारीका कर्मचारीहरुले किर्तेरुपमा किसानहरुको नामबाट ऋण प्रवाह गरी रकम अपचलन गरेको भन्दै छानविनको माग राखी उनीहरुले कार्यालयको मुल गेटमा ताला लगाएका हुन् ।
सहकारीका कर्मचारीहरुले आफुखुसी ६७ लाख ५० हजार रुपैयाँँ सदस्यहरुको नामबाट ऋण निकाली आफैले प्रयोग गरेको छानविन समितिले किटान गरेको थियो । छानविन समिति दिएको प्रतिवेदनपछि कर्मचारीहरुले आंफुहरुबाट गल्ती भएको भन्दै ऋण लगानीका नाममा लिईएको रकम संस्थामा फिर्ता गरेका थिए । 
त्यसपछी कर्मचारीले पदबाट राजिनामा दिएका छन् । यता शेयर सदस्यहरुले उनिहरुको राजिनामापछि पाउने सेवा सुविधाका बिषयमा आपत्ति जनाउँदै विरोध जनाएका छन् । जससंगै सहकारीबाट हुने सेवा प्रवाह प्रभावित बनेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: