×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सामाजिक सुरक्षा भत्तामा ५६ अर्ब खर्च, लिनेको संख्या ३७ लाख

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सामाजिक सुरक्षा भत्तामा ५६ अर्ब खर्च, लिनेको संख्या ३७ लाख

Artha Sarokar

१४ जेष्ठ २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपालमा सामाजिक सुरक्षा भत्ता लिनेको संख्या ३७ लाख नाघेको छ । संसदमा पेश भएको आर्थिक सर्वेक्षण २०८०/८१ मा देशभर सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या ३७ लाख ६ हजार ३ सय २७ पुगेको हो । 

सर्वेक्षणमा उल्लेख गरिएको उक्त संख्या चाल आर्थिक वर्षको फागुन मसान्तसम्मको हो । 

यसरी सरकारले वितरण गर्ने सामाजिक सुरक्षा भत्ता ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता, एकल महिला लगायतका व्यक्तिहरुलाई दिइँदै आएको छ ।

यसअवधिमा सरकारले कुल ५६ अर्ब ४४ करोड रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरणमा खर्च गरेको पनि सर्वेक्षणमा उल्लेख गरिएको छ । आर्थिक सर्वेक्षण २०८०/८१ अर्थमन्त्री वर्षमान पुनले आइतबार प्रतिनिधिसभाको बैठकमा पेश गरिसकेका छन् । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी