×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आज बजेट सार्वजनिक हुँदै 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आज बजेट सार्वजनिक हुँदै 

Artha Sarokar

१५ जेष्ठ २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । १५ जेठ (मंगलबार) संघीय संसद्का दुवै सदनको संयुक्त बैठक बस्दैछ । दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट (वार्षिक राजश्व र व्ययको अनुमान) पेश गर्ने कार्यसूची छ । 

बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्नेछन् । सहकारीको रकम हिनामिना र अपचलनबारे गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेशबारे दलहरू सहमतिनजिक पुगेकाले आजको बैठक सहज वातावरणमा सञ्चालन हुने कानून न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले जानकारी दिएका छन् । 

‘सत्ता पक्ष र विपक्षका दलहरूको बैठक सहमतिउन्मुख छ । आज ११ बजे कार्यदलको बैठक बसेर त्यसलाई टुङ्गोमा पुर्याउँछौँ ।’, उनले भने, ‘सरकारले बजेट ल्याउँछ । संसद् सहज वातावरणमा चल्छ ।’

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ बसेको बैठकमा दलहरू करिब करिब सहमतिउन्मुख देखिएका थिए । आज बस्ने कार्यदलले त्यसलाई निष्कर्षमा पुर्याउने जनाइएको छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी