×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आज १७औँ गणतन्त्र दिवस, देशभर सार्वजनिक बिदा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आज १७औँ गणतन्त्र दिवस, देशभर सार्वजनिक बिदा

Artha Sarokar

१५ जेष्ठ २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाली जनताको लामो संघर्ष, बलिदानपछि गणतन्त्र स्थापना भएको दिनका रुपमा आज १७औँ गणतन्त्र दिवस मनाइँदैछ । सरकारले आज राष्ट्रिय दिवसका रुपमा विभिन्न कार्यक्रम गरी मनाउने र देशभर सार्वजनिक बिदा दिँदै आएको छ । 

मुलुकमा २०६२/६३ को राजनीतिक परिवर्तनपछि तत्कालीन व्यवस्थापिका संसद्ले २०६५ जेठ १५ गते गणतन्त्र स्थापनाको घोषणा गरेको थियो । त्यही दिनलाई आधार मानेर हरेक वर्ष गणतन्त्र दिवस मनाउने गरिएको छ । 

सरकारले यो वर्ष गणतन्त्र दिवस भव्यरूपमा मनाउन संघ, प्रदेश र स्थानीय तहमा समेत मूल समारोह समिति गठन गरी दिवस मनाउने तयारी गरेको छ । संघमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन भई दिवस मनाउने तयारी छ भने प्रदेशमा मुख्यमन्त्री, जिल्लामा समन्वय समितिको प्रमुख र स्थानीय तहमा गाउँपालिकाका अध्यक्ष वा नगरपालिकाका प्रमुखहरूको नेतृत्वमा मूल समारोह समितिहरू गठन भएका छन् । 

ती समितिहरूले आफ्ना क्षेत्रमा रचनात्मक कार्यहरू गर्दै यो दिवसलाई उत्सवका रुपमा मनाउने तयारी गरेका छन् । सरकारले जेठ १४, १५ र १६ गते तीन दिनसम्म नेपालभित्र र विदेशस्थित नेपाल राजदूतावास नियोगहरुमा दीपावली गर्न भनेको छ भने अन्य विभिन्न कार्यक्रमहरू समेत हुँदैछन् । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी