×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्रीको अनुरोधमा बजेट भाषण दुई घण्टा पछि धकेलियो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रधानमन्त्रीको अनुरोधमा बजेट भाषण दुई घण्टा पछि धकेलियो

Artha Sarokar

१५ जेष्ठ २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सत्तापक्ष र प्रतिपक्षबीच सहमति हुन नसकेपछि संसदको पूर्वनिर्धारित बैठक सरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को आग्रहमा बैठक सरेको हो ।

वार्षिक बजेट प्रस्तुत गर्न आज दिउँसो १ संसद्को बैठक बस्ने कार्यक्रम थियो ।

तर, राजनीतिक कारणले २ घण्टा पछि सार्नुपरेको हो । संसद सचिवालयका अनुसार सरकारको अनुरोधमा बजेट प्रस्तुतका लागि दिउँसो १ बजे निर्धारित सङ्घीय संसद्को संयुक्त बैठक अपराह्न ३ बजेका लागि तोकिएको हो ।

यसअघि सभामुख देवराज घिमिरेले संयुक्त सदनको बैठक दिउँसो १ बजेका लागि निर्धारण गरेका थिए । आज बस्ने संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्ने कार्यसूची छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी