×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल बैंकले ल्यायो ‘किसान समृद्धि कार्ड’ सेवा सञ्चालनमा, कृषकले ५ लाखसम्मको ऋण लिन पाउने

LAXMI SUNRISE BANK

सिभिल बैंकले ल्यायो ‘किसान समृद्धि कार्ड’ सेवा सञ्चालनमा, कृषकले ५ लाखसम्मको ऋण लिन पाउने

९ आश्विन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । सिभिल बैंकले किसानहरुको समृद्धिको लागि ‘किसान समृद्धि कार्ड’को सुबिधा सञ्चालनमा ल्याएको छ । देशको कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने नीति अनुरुप सम्पूर्ण कृषकहरुको समृद्धिको लागि बैंकले यस कार्ड सेवाको सुरुवात गरेको हो ।
कुनै पनि कृषि पेशामा आवद्ध ग्राहकहरुलाई लक्षित गरी ल्याइएको यो सेवाबाट कृषि कार्यबाट प्राप्त हुने आम्दानीलाई नियमित रुपमा बचत गर्दै जाने तथा आवश्यक परेको बखतमा उक्त बचत रकम झिक्ने र नपुग भएमा सोहि खाताबाट कर्जाको रुपमा बढी रकम पनि झिक्न सकिने व्यवस्था गरिएको छ । यो ऋण सुबिधा लिन खेतीयोग्य जमीनलाई पनि धितोको रुपमा राख्न सकिन्छ र प्रति कृषक परिवार पाँच लाख रुपैयाँसम्मको ऋण सुबिधा उपलब्ध गराईन्छ ।
यो सुविधा प्राप्त गर्न ग्राहकले बैंकमा सम्पर्क गरी बचत खाता खोल्नु पर्नेछ । उक्त खातामा ग्राहकको वचत भएसम्म बैंकले ब्याज प्रदान गर्ने छ भने यदि खातामा भएको बचत भन्दा बढि रकम झिकेमा बैकलाई ब्याज बुझाउनु पर्ने हुन्छ । हरेक त्रैमासको अन्तमा ग्राहकलाई दिने र बैंकलाई बुझाउने खूद व्याज रकमको गणना हुनेछ ।
यो ऋण सुबिधा कृषिलाई मुख्य पेशाका रुपमा अँगाल्ने कृषकहरुलाई ओभर ड्राफ्ट कार्डको माध्यमबाट एक निश्चित ऋण सीमा तोकी उपलब्ध गराइने छ जुन आफूलाई रकम आवश्यक परेको बखतमा सजिलै उपयोग गर्न सकिनेछ । यो ऋण सुबिधाको लागी कुनै फर्म दर्ता गर्नैपर्ने भन्ने छैन ।
नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशिका अनुसार यस सुविधाको ब्याजदरमा ५ प्रतिशत अनुदान प्राप्त हुने भएकोले न्युन ब्याजदर मै यो सुबिधा उपभोग गर्न सकिनेछ । हाल कोरोनाको कारणले सिर्जित बिषम परिस्थितिमा कृषि स्वरोजगार मार्फत कृषि उत्पादन बढाउन सहयोग र प्रोत्साहन गर्न बैंकले यो ऋण सुबिधा ल्याएको हो ।
हालसम्म ४ लाख ७० हजारभन्दा बढी ग्राहकहरु रहेको यस बैंकमा करिब ६८ अर्ब ६० करोड रुपैयाँभन्दा बढी निक्षेप परिचालन गरी करिब ५५ अर्ब २८ करोड रुपैयाँ कर्जा लगानी गरेकोे छ । बैंकले हाल ११४ वटा शाखाहरु तथा २ वटा एक्स्टेन्सन काउन्टर र ५ वटा शाखा रहित बैंकिंग सेवा काउन्टरबाट सेवा प्रदान गर्दै आएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी