Skip to content
LAXMI SUNRISE BANK

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया रिहा

अर्थ सरोकार

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले हिरासतमुक्त गरेको छ । जिल्ला सरकारी वकिलको कार्यालय, धनुषाले स्वीकृति दिएर जिल्ला प्रहरी कार्यालय धनुषाले उनलाई रिहा गर्न पत्र पठाएपछि अन्तत: उनी हिरासतमुक्त भएका हुन् ।

अध्यक्ष सिरोहियाका वकिल रमन कर्णले सरकारी वकिल कार्यालय, धनुषाको स्वीकृतिमा प्रहरीले रिहा गरेको पुष्टी गरे ।

सिरोहियालाई ९ दिन अघि प्रहरीले कान्तिपुर पब्लिकेसनबाट पक्राउ गरेको थियो ।

उनलाई प्रहरीले बोलाएको अवस्थामा आउने सर्तमा छोडिएको हो ।

नागरिकता किर्ते गरेको आरोपमा रास्वपाका एक कार्यकर्ताले उनीविरुद्ध जाहेरी गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । पक्राउ परेका उनलाई पटक पटक म्याद थप गरी हिरासतमै राखेर अनुसन्धान गरिएको थियो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई काठमाडौँ ल्याइएको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK