×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चिनीको आयात अस्वभाविक रुपमा बढ्यो, दुई महिनामा पाँच करोड किलो चिनी आयात

LAXMI SUNRISE BANK

चिनीको आयात अस्वभाविक रुपमा बढ्यो, दुई महिनामा पाँच करोड किलो चिनी आयात

९ आश्विन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । चिनीको आयात अस्वभाविक रुपमा बढेको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार साउन र भदौमा मात्रै पाँच करोड ५ लाख १० हजार ७७ किलो चिनी नेपाल भित्रिएको छ । भन्सारको आयात तथ्यांकअनुसार झण्डै चार महिनालाई पुग्ने चिनी व्यापारीहरुले चालु आवको दुई महिनामै भित्र्याएका छन् ।
नेपाली उत्पादकले उत्पादन गरेको र सहुलियतमा सरकारले वितरण गर्ने चिनीको मौज्दात रित्तिएसँगै चिनीको आयात बढेको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्टट्रेडिङले ७२ रुपैयाँ किलोमा बिक्री गर्ने चिनी सकिएपछि चिनीको खुद्रा मूल्य एक सय रुपैयाँ हाराहारी पुगेको छ ।
आयात बढेपनि चिनीको मूल्य नघट्दा व्यापारीको नाफा बढेको छ भने अझ लामो समयलाई मौज्दात हुनेगरी चिनीको आयात हुँदा स्वदेशी चिनी नबिक्ने अवस्था सिर्जना हुन सक्ने देखिएको छ । नेपाली उत्पादकले वाषिर्क एक लाख ७० हजार मेट्रिकटन हाराहारी मात्रै चिनी उत्पादन गर्ने गरेका छन् । साल्ट ट्रेडिङ र खाद्यले खरिद गर्ने सहुलियतको चिनी अझै आई सकेको छैन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी