Skip to content
LAXMI SUNRISE BANK

आइतबार १३.५१ अंकले बढ्यो नेप्से परिसूचक

अर्थ सरोकार

काठमाडौं। साताको कारोबारको पहिलो दिन आइतबार  सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बिहीबारको तुलनामा नेप्से परिसूचक १३.५१ अंकले बढेर २०८३.०४ बिन्दुमा पुगेको हो ।

आइतबार नेप्सेमा कुल ३ सय २५ कम्पनीको ९६ लाख ९७ हजार २ सय ०६ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ३१ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी कारोबार नेपाल फाइनान्स लिमिटेडको भएको छ । यस कम्पनीको २२ करोड ६४  लाख १३ हजार २८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा मल्टीपर्पोज फाइनान्स लिमिटेडका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK