×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गाँजा र घरेलु मदिरा बेचेरै ४ खर्ब राजस्व उठ्न सक्छः धनराज गुरुङ 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

गाँजा र घरेलु मदिरा बेचेरै ४ खर्ब राजस्व उठ्न सक्छः धनराज गुरुङ 

२१ जेष्ठ २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पूर्वमन्त्री धनराज गुरुङले गाँजाको औषधि बनाएर बेचे २ खर्ब राजस्व उठाउन सकिने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै गुरुङले गाँजालाई औषधी बनाएर प्रशोधन गर्न सके २ खर्ब राजस्व उठाउन सकिने बताएका हुन् ।

उनले गाँजा खेतीको सन्दर्भमा कानून निर्माण गर्ने विषय पहिलेदेखि नै चलिरहेको उल्लेख गरेका छन् । गाँजामाथि प्रतिबन्ध लगाउनुभन्दा प्रशोधन गरेर औषधि बनाउन सके राज्यलाई आर्थिक नाफा हुने गुरुङको भनाई छ । उनले त्यसतर्फ ध्यान दिन पनि सरकारलाई आग्रह गरेका छन् । 

त्यस्तै, सांसद गुरुङले सत्तामा हुँदा मात्रै देश बनाउने तर प्रतिपक्षमा हुँदा नबनाउने भन्ने भाष्य गलत भएको भन्दै देश बनाउने विषयमा सबैले सहयोग गर्नुपर्ने बताएका छन् । 

राजस्व वृद्धि गर्न गाह्रो छ भने र बसेर नहुने बरु कसरी वृद्धि गर्न सकिन्छ भन्नेतर्फ सरकारले ध्यान दिनुपर्ने पनि गुरुङको भनाई छ । उनले गाँजासँगै घरेलु मदिरा सम्बन्धी पनि कानून निर्माण गरेर व्यवस्थापन गर्न सकेको खण्डमा राज्यलाई थप २ खर्ब राजस्व उठ्ने भन्दै त्यसतर्फ ध्यान दिन पनि गुरुङले ध्यान दिएका छन् । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी