Skip to content
LAXMI SUNRISE BANK

सोमबार ३.९७ अंकले घट्यो नेप्से परिसूचक

अर्थ सरोकार

काठमाडौं। साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ३.९७ अंकले घटेर २०७९.०७ बिन्दुमा पुगेको हो ।

सोमबार नेप्सेमा कुल ३ सय १६ कम्पनीको ८८ लाख २० हजार १ सय २५ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्बमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी कारोबार एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टको भएको छ । यस कम्पनीको १४ करोड ८५ लाख ९५ हजार २ सय ४८ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा बुद्धभुमि नेपाल हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK