×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा

२२ जेष्ठ २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १७०० रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन, आज १७०० रुपैयाँले बढेर एक लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन १७०० रुपैयाँले बढेर प्रतितोला एक लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदीको मूल्य २५ रुपैयाँले बढेर प्रतितोला १८६० रुपैयाँमा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख २२ हजार ३ सय ४५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य एक लाख २१ हजार ७ सय ४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १५९५ रुपैयाँ कायम गरेको छ। 

सुनचाँदीको मूल्य सम्बन्धी दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी