×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ कसुरमा १२ करोड जरिवाना र तीन वर्ष कैद तोकिएकी अभियुक्त बनेपाबाट पक्राउ

LAXMI SUNRISE BANK

बैंकिङ कसुरमा १२ करोड जरिवाना र तीन वर्ष कैद तोकिएकी अभियुक्त बनेपाबाट पक्राउ

९ आश्विन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बैंकिङ कसुरमा फरार भएकी एक महिला अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । अदालतले झन्डै १२ करोड रुपैयाँ जरिवाना र ३ वर्ष जेल सजाय तोकिएपछि फरार भएकी एक महिला अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो। 
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक बनेपा ४ श्रीखण्डपुरकी ५६ वर्षीया जयन्ती केसी हुन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार केसीलाई बिहीबार दिउँसो बनेपाबाट पक्राउ गरिएको हो । काभ्रेका प्रहरी उपरीक्षक रवि पौडेलका अनुसार केसीलाई घरबाहिर लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको हो ।
केसीलाई उच्च अदालत पाटनले बैंकिङ कसुरमा २०७१ साल वैशाख २९ गते ११ करोड ८२ लाख ९२ हजार ११६ रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो । फैसला भएलगतै उनी फरार थिइन् । फरार अभियुक्तको खोजी सिलसिलामा केसीलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको प्रहरी उपरीक्षक पौडेलले बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी